वीरगञ्ज १३ भदौ । नारायणी अस्पताल विकास समिति कर्मचारी युनियनको उपाध्यक्षमा हरेन्द्र यादब चयन भएका छन् ।
युनियनको शुक्रबार बसेको बैठकले यादबलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
यसअघि रहेका उपाध्यक्ष संजिव गुप्ताले पदबाट राजिनामा दिएसंगै उक्त पद रिक्त रहेको थियो ।
रिक्त पदमा अस्पतालको फार्मेसी बिभाग प्रमुखसमेत रहेका यादबलाई मनोनयन गर्ने निर्णय गरेको युनियनका अध्यक्ष सन्तोष सिंहले जानकारी दिए ।
यादबको मनोनयनले युनियनलाई क्रियासिलता दिलाउन सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष सिंहले बताए ।
युनियनले अस्पताल ब्यवस्थापन र त्यहा कार्यरत कर्मचारीको हितमा काम गर्दै आएको छ ।