वीरगञ्ज १२ भदौं । वीरगञ्ज पब्लिक कलेजका सञ्चालक एवम् शिक्षाविद् प्रा. डा. दीपक शाक्य पुर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषद्को सदस्यमा मनोनयन भएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका प्रा. डा. शाक्यको नाममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा पत्र काट्दै उनलाई तिन वर्षको लागि विश्वविद्यालयको प्राज्ञिक परिषद्को पदमा मनोनयन गरेको हो ।
पुर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १० ले व्यवस्था गरेको विश्वविद्यालय प्राज्ञिक परिषद् सदस्य पदमा सोहि दफाको उपदफा २ बमोजिम कार्यकारी परिषद्को सिफारिशमा सोहि एनको दफा १० को उपदफा १(छ) बमोजिम प्रा. डा. दीपक शाक्यलाई पुर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषद्को सदस्यमा सोहि दफाको उपदफा ३ मा उल्लिखित तिनवर्षे पदावधि कायम हुने गरी मनोनयन गरिएको छ ।
प्रा. डा. शाक्यले मध्य तराई र विशेषगरी प्रदेश नं. २ को शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै विश्वविद्यालयले उनलाई मनोनयन गरेको हो । शिक्षा क्षेत्रमा लागेर वर्षौंदेखि बटुलेको आफ्नो अनुभवलाई प्रयोग गर्दै डा. शाक्यले पुर्वाञ्चल विश्वविद्यालयको शिक्षा नीतिमा सुधार ल्याउँनेदेखि भावी योजना बनाउँनमा समेत सहभागी हुने छन् ।
विभिन्न सामाजिक क्रियाकलापमा पनि सक्रिय रहने उनि नागरिक समाज वीरगञ्जका अध्यक्ष समेत हुन् ।