×

वीरगञ्ज १२ भदौं । उद्योगपती विनोद चौधरी कोरोना सङ्क्रमित भएका छन् । सिजी समुहका निर्देशक समेत रहेका चौधरीले आफुमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।

उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले शुक्रबार बिहान गरिएको पिसिआर परिक्षणमा आफुमा कोरोना पोजेटिभ देखाएको जनाएका छन् ।

चौधरीले आफुमा कुनैपनि लक्षण नदेखिएको बताउँदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले चिकित्सकको सुझाव अनुसार आफुलाई आइसोलेट गरेको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई आवश्यक सावधानी अपनाउँन आग्रह गरेका छन् ।

उनले अंग्रेजीमा लेखेका छन्, 'प्रिय साथि र सुभेक्च्छुकहरु - आज बिहान गरिएको पिसिआर परिक्षणको नतिजा अनुसार म कोरोना पोजेटिभ भएको छु ! भगवानको दयाले मैले कुनैपनि लक्षणको विकास गरेको छैन । तरपनि, मैले चिकित्सकको सुझाव अनुसार आफुलाई आइसोलेट गरेको छु । मेरो सम्पर्कमा आउँने जोकोहीलाई पनि आवश्यक सावधानी अपनाउँन अनुरोध गर्दछु । सादर ।

चौधरी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य समेत हुन् ।

https://twitter.com/BinodKChaudhary/status/1299243535380762636

Back to top