वीरगञ्ज ११ भदौं । पर्साको पोखरिया नगरपालिका स्थित पोखरीया अस्पतालको आइसुलेसन सेण्टरमा वस्दै आए १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना जितेकाहरुलाई पोखरीया नगरपालिकाका उपमेयर सलमा खातुनले अस्पतालबाट बिदाई गरेकी छन् । कोरोनालाई पराजित गर्नेहरुमा २ जना स्वास्थ्यकर्मी, १ जना पत्रकार, २ जना बैंक स्टाफ, १ जना पोखरिया नपा वडा नं. ४ का वडा सदस्य र १ जना महिला गरी १० जना रहेको पोखरीया अस्पतालले जनाएको छ ।
हाल अस्पतालको आइसोलेशनमा ७ जना संक्रमितहरुको उपचार भइरहेको पोखरिया अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेहरुलाई नगरपालिकाका उपमेयर खातुनले फुल तथा कोरोनाको पिसिआर रिपोट प्रदान गरी बिदाई गरेकी थिइन ।