×

वीरगञ्ज ११ भदौं । पर्साका केहि स्थानीय युवाहरुले लकडाउनका कारण समस्यामा परेकाहरुलाई हरेक सम्भव सहयोग गर्ने प्रण लिएका छन् ।

वीरगञ्जका स्थानीय युवाहरुले गठन गारेको अनेकतामा एकता नामक क्लबको तर्फबाट उनीहरुले जिल्लाका विभिन्न स्थानमा पुगेर लकडाउनका कारण जिविको पार्जन गर्न समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गर्नेदेखि रक्तको व्यवस्था समेत गर्न सुरु गरेका छन् ।

सेवाको भावानाले युवाहरु यस काममा आफुहरु लागेका क्लबका अध्यक्ष विक्की सर्राफले बताए । युवाहरुले आफ्नो खाजा खर्चबाट जोगाएको पैसालाई प्रयोग गरेर सहयोग गरेका हुन् ।

'लकडाउनका कारण हजारौं परिवार समस्यामा छन्, भोकै बस्न बाध्य छन् । उनीहरुका लागि सरकार र प्रशासनले केहि गर्न सकेको छैन,' विक्कीले भने, 'हामी युवा छौं, केही नगरी घरमा बस्नै सकेनौं, जे सम्भव हुन्छ त्यो गरिरहेका छौँ ।'

उनिहरुले धेरै परिवारलाई नगरे पनि केहि परिवारलाई हफ्तौं सम्म पुग्ने खाद्यान्न व्यवस्थापन गर्न आफुहरु सफल भएको बताए ।

युवाहरुले कुनैपनि किसिमको समस्यामा परेका व्यक्तिलाई सहयोगका लागि आफुहरुसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

Back to top