वीरगञ्ज १० भदौं । वैश्य समाजद्वारा आयोजित अन्तराष्ट्रिय वैश्य सम्मेलनमा सम्पन्न भएको छ । विभिन्न मुलकबाट वैश्य जातिका विशिष्ठ व्यक्तित्वको उपस्थितिमा सम्पन्न सम्पन्न भएको हो ।
सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार सहभागी भएका थिए । भारतका केन्द्रीय क्याबिनेट स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनको प्रमुख आतिथ्यमा आयोजित भर्चुवल कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले नेपाल-भारतको युगौ युगदेखि चल्दै आएको सम्बन्धका बारेमा चर्चा गरेका थिए ।
उनले वैश्विक महामारीका रुपमा आएको कोरोनाभाइरससँग लड्न भारत सरकारले गरिरहेक कामबाट नेपालले सिख्नुपर्ने बताउँदै दुवै देशका केहि तत्वहरुले नेपाल-भारतबीचको सम्बन्धमा खलल पुर्याउन खोजिरहेको बताएका थिए ।
रौनियारले भारत सकरारका केन्द्रीय मन्त्री डा. हर्ष वर्धनसँग नेपाललाई कोरोना महामारीसँग लड्न विशेष सहयोग उपलब्ध गराउँन समेत माग गरेका थिए ।
जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका रौनियारले अब आगामी दिनमा कोरोनाभाइरस महामारी विरुद्धको लडाई नेपाल-भारतले सँगै मिलेर लड्नुको विकल्प नरहेको धारणा राखेका थिए ।
केन्द्रीय मन्त्री डा. हर्ष वर्धनले नेपाल र भारत बीचको सम्बन्ध रोटि-बेटीको भएको कारण केहि साना तत्त्वहरुका कारण बिगाड्न सम्भव नभएको बताए । उनले नेपाललाई सहयोग गर्न भारत सदैव तयार रहेको जिकिर गर्दै आगामी दिनमा पनि सहयोग गर्नबाट पछाडी नहट्ने प्रतिबद्धता व्यक्त गरे ।