×

विरगञ्ज १० भदौं । पर्सा जिल्लाको स्थानीय प्रशासानले विरगञ्ज बजारमा रहेका विभिन्न तरकारी तथा फलफुल पसलहरुको अनुगमन गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलिले बुधबार विरगञ्ज महानगरपालिका माइस्थान र मिना बजार वरिपरीका पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मूल्य सूची नराखेका र खरिद तथा विक्री बिल उपलब्ध गराउँन नसकेका पसलहरुलाई कारवाही समेत गरेको प्रशासनले जनाएको छ ।

टोलिले मिनाबजारस्थित चन्द्रकिशोर ट्रेडर्स, शिव देवी ट्रेडर्स र मा जगदम्बा फ्रुट सेन्टरलाई कारवाही गर्दै जरीवान गरेको छ । मूल्य सूचि नराखी व्यापार व्यसाय गर्दै आएको र खरिद तथा विक्री विलसमेत उपलब्ध गराउँन नसक्दा चन्द्रकिशोर ट्रेडर्स ट्रेडर्सलाई २० हजार, शिव देवी ट्रेडर्सलाई २० हजार र मा जगदम्बा फ्रुट सेन्टरलाई १० हजारको दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

अनुगमनको क्रममा फलफुलहरुको कालोबारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने व्यवसायीहरुलाई निर्देशन समेत दिएको थियो । कालोबजारी गरेक पाएम कानून बमोजिम कारवाही गरिने प्रशासनले जानेको छ ।

त्यसैगरी प्रशासनले कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देखेमा आवश्यक प्रमाणसहित इमेल मार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।

Back to top