×

वीरगञ्ज ६ भदौं । “जटिल वैश्विक यो कोरोना महामारी, निशुल्क भोजन हाम्रो जिम्मेवारी” नारा लिएर साहिब दरबार सेवा संस्थान, समर्पण सेवा संस्था र सेरामिक्स प्रांलिले शुरु गरेको नि:शुल्क भोजन वितरण कार्य आज १८ औं दिनमा जारी राखेको छ ।

निषेधाज्ञाको कारण भोकै पेट बस्नु परेका गरीब निमुखा असहायहरूको पेट भर्न आज १८अ‍ौं दिन पनि निःशुल्क भोजन वीरगञ्ज नगरका बिभिन्न भागमा वितरण गरिएको साहिब दबार सेवा सस्थानमा राष्ट्रिय संयोजक राजेशमान सिंहले बताए ।

संस्थानले प्रत्येक शनिवार कुकुरहरुलाई पनि खाना खुवाउँदै आएको छ । सोहि क्रममा वीरगञ्जको बिभिन्न भाग रहेका कुकुरहरुलाई आज मासु भात खुवाइएको सहिब दरबार सेवा संस्थानले जनाएको छ ।

यो महामारीको बेला मानव सहित जनावरहरु पनि कठिनाई रहेको संस्थाको ठहर छ । त्यही भए हप्ताको एक दिन भए पनि कुकुरहरुलाई मासु भात खुवाउदै आएको संस्थानले जनाएको छ ।

शनिवारको खाना बितरण कार्यमा उमेशलाल सहनी, राजेश सिंह, रूपेश मान सिंह, अफरोज आलम, राहुल तुल्स्यान, किशोर सिंह, मनिष ठकुरी, बिनोद बैठा, संदीप बैठालगायतको बिशेष सहयोग रहेको सहिब दरबारका संयोजक सिहले बताए ।

यसअघि पनि देश नै लकडाउन रहेको वेला संस्थानले ९० दिनसम्म दैनिक गरिब तथा भोकाहरुलाई संस्थाले खाना खुवाएको थियो । तीन वटा संस्थाको सयुक्त प्रयासमा जारी रखेको खाना वितरण कार्य निशेषाज्ञासम्म जारी रहने समर्पण सेवा संस्थाले जनाएको छ ।

Back to top