×

वीरगञ्ज ६ भदौं । नेपाल कम्युनिष्ट पार्टी वीरगञ्ज महाग्नर कमिटिका अध्यक्ष रहबर अन्सारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

विगत २४ दिनदेखि कोरोनाभाइरसबाट सङ्क्रमित भइ काठमाडौँस्थित आफ्नो घरमा बस्दै आएका नेता अन्सारीले तेस्रो पटक आफ्नो स्वाबको नमूना परिक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो ।

अन्सारीले सामाजिक सञ्जालको आफ्नो आधिकारिक फेसबुक पेजबाट रिपोर्ट नेगेटिभ आएको खबर बताएका छन् ।

फेसबुकमा रिपोर्टको प्रतिलिपि र आफ्नो छोराका साथ् एउटा फोटो राखेर उनले लेखेका छन्, '२४ दिनको होम आइसोलेसन पछि तेस्रो पटकको पिसिआर टेस्टमा मेरो रिपोर्ट नेगेटिभ आएको छ । अप्ठ्यारो समयमा तपाईंहरुबाट पाएका सहयोग, शुभकामना , सहानुभूती, माया र सद्भावप्रति म निकै आभारी छु । भोलिदेखि आफ्नो नियमित काममा फर्किनेछु ।'

https://www.facebook.com/rahbaransari.nepal/posts/963128084099324

वीरगञ्ज महानगरपालिकाको मेयार र त्यसपछि प्रदेशसभा सदस्य पदको निर्वाचनमा समेत पराजित भएका अन्सारी श्रावन १९ गते कोरोनाबाट सङ्क्रमित भएका थिए ।

Back to top