×

वीरगञ्ज ६ भदौं । सानो पाइलाले जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साको सहयोगमा बप्रगंजमा अर्को पनि सामुदायीक आइसोलेसशन केन्द्र सञ्चालनमा ल्याएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं २५ स्थित होटेल वाटिका ईन्टरनेशनलमा ४० शय्याको सामुदायिक आइसोलेश केन्द्र शुरु गरि सकिएको सानो पाइलाले बिज्ञप्ति जारी गरेर जनाएको छ ।

आइसोलेशन केन्द्रमा ४० जना कोराना भाइरसको संक्रमण पुष्टि भएका ब्यक्तिहरुलाई सेवा दिन सकिने छ । आइसोलेशन सेन्टर संचालनकालागि सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटा, प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादव र बुढानिलकण्ठ स्कूलका पूर्व बिद्यार्थी समाज, सहायता नेपाल, अमेरिका नेपाल मेडिकल फाउण्डेशन, राष्ट्रिय आष्किार केन्द्र क्रियशन नेपाललसँगको सहकार्यमा सामुदायिक आइसोलेसन केन्द्र सञ्चालनगरिएको हो बिज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चनझाले जानकारी दिए ।

'हामीले सरकारको स्वास्थ्य मापदण्ड अनुसारनै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका हौं,' झाले भने, 'जहाँ डब्ल्यूएचओले तय गरेको मापदण्डको पालना गर्दै सङ्क्रमितहरुलाई खाने, बस्ने व्यवस्था मिलाएका छौ ।'

आइसोलेशन केन्द्रमा आधारभूत चिकित्सकीय परामर्श तथा उपचारसेवाको पनि प्रवन्ध मिलाएको उनले जानकारी दिए ।

Back to top