वीरगञ्ज ५ भदौं । वीरगञ्जमा एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा पर्सा प्रहरीले ब्रह्मचौकबाट ३ जना युवाहरुलाई पक्राउ गरेको छ ।
गर्भवती महिलालाई बोक्न हिडेको एम्बुलेन्सलाई ब्रह्मचौकमा केही युवाहरुले रोकेर स्पिडमा किन चलाएको भन्दै कुटपिट गरेका थिए । युवाहरुको पिटाईबाट एम्बुलेन्स चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकको टाउँको पुटेको ब्ताइएको छ ।
घाइते चालकको वीरगञ्जमै उपचार भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी मनोजीत कुँवरले बताए ।
उनले एम्बुलेन्स चालक माथी आक्रमण गर्ने युवाहरुलाई केहि वेर अघि मात्रै प्रहरीले नियन्त्रणमा लिएको बताउँदै घटनाको विस्तृत बिवरण आउन बाकी रहेको बताए ।
प्रसुती व्यथा लागेर घरमा छटपटाई रहेको महिलालाई लिन अर्को एम्बुलेन्स पठाइएको डिएसपी कुँवरले जानकारी दिए ।
पक्राउ पर्ने युवाहरु ब्रह्मचौक क्षेत्रकै रहेको प्रहरीले जनाएको छ ।