×

वीरगञ्ज ४ भदौ । नागरिक सरोकार समाज पर्साका अगुवा र प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ बिच भर्चुवल बैठक समपन्न भएको छ ।

छ्लफलमा वीरगञ्जमा एक हजार शय्याको कोभिड अस्पताल एवम् आइसोलेसन सेन्टर स्थापन, नेसनल मेडिकल तथा शिक्षण अस्पतालमा ३०० शय्याको आइसोलेसन स्थापना र सम्पूर्ण निजी अस्पतालमा कम्तिमा पनि २० प्रतिसत बेडलाई आइसोलेसन बनाउँनु पर्ने नागरिक समाजका अगुवाहरुले राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी तामाङसँग पर्साको ग्रामीण क्षेत्रमा पोखरीयासहित ३ स्थानमा स्थानिय पालिकाको व्यवस्थापनमा आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने, वीरगञ्जको होटल र सुविधा सम्पन्न धर्मशालामा प्रिआइसोलेसन र क्वारेन्टाइन राख्ने विषयमा समेत अगुवाहरुले छ्लफल गरेका थिए ।

त्यसैगरी होम आइसोलेसनमा रहेका सङ्क्रमितहरुको नियमित स्वास्थ्य चेकजाँच हुनुपर्ने र कडा निगरानीका साथ् अनुगमन गर्नुपर्ने अगुवाहरुले सुझावे दिएका थिए । अगुवाहरुले भारतबाट आउँने नेपालीहरुलाई गुणस्तरीय क्वारेन्टिनमा राख्नुपर्ने माग समेत गरेका थिए । त्यस्तै छलफलमा पिसिआर परिक्षणको दायरा बढाउँदै दैनिक कम्तिमा पनि एक हजार जनाको स्वाब सङ्कलन गरी छिटो भन्दा छिटो रिपोर्ट उपलब्ध गराउँन अस्पतालसँग समन्वय गर्न आग्रह गरिएको थियो ।

यता जिल्लामा कोभिड नियन्त्रण गर्न नागरिक सरोकार समाज वीरगञ्जले हरेक सम्भव सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।

नारायणी अस्पतालमा बन्द रहेका सेवाहरुलाई छिटोभन्दा छिटो सुरु गरेर संघ र प्रदेश सरकारसँग थप जनशक्तिको माग गर्न सल्लहा पनि नागरिक समाजले दिएको बैठकका संयोजक एवम् युवा नेता ओम प्रकाश सर्राफले बताए ।

अगुवाहरुले कन्ट्याक्ट ट्रेसिङमा कमी आएको, क्वारेन्टिन व्यवस्थित नभएको र तिनै तहको सकारबीच समन्वय हुन नसकेको विषयलाई औल्याएका थिए ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले प्रस्तावित बुँदाहरु प्रति सकारात्मक धारण व्यक्ति गर्दै नागरिक समाजको सहयोग अपरिहार्य रहेको बताए । उनले जिल्लालाई छिटै ग्रिन जोन बनाउँन आफुहरुले हरेक प्रयास गरिरहेको समेत जानकारी गराएका थिए ।

छलफलमा नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी, समाजवादी पार्टीका नेता राम नरेश यादव, वीरगञ्ज उघोग वाणिज्य संघका पुर्व अध्यक्ष गणेश लाठ, अशोक टेमानी, वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ता, महासचिव माधव राजपाल, सञ्चारकर्मी महेश दास, अभियान्ता व्रिजेश्वर चौधरी, युवा समाजका कमल चौगाइलगायतको सहभागिता रहेको थियो ।

Back to top