पोखरा २ भदौँ । जनयुद्धका सहिद रामबृक्ष यादव 'मास्टर साहेव'को स्मृति दिवसको अवसरमा पाेखरामा मंगलवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सहिद तथा वेपत्ता स्मृति स्पोर्टस स्कूलको आयोजनामा सो सभा सम्पन्न भएकाे हाे ।
सभामा बाेल्दै कार्यक्रमकि प्रमुख अतिथि संविधान सभा एवं गण्डकी प्रदेश सभा सदस्य तेजकुमारी पौडेलले नेपालमा उत्पीडनको बिरुद्ध समाजवाद स्थापनाको लागि माओवादी पार्टी निर्माणको बिषयमा छलफल हुँदै गर्दा तत्कालीन राज्य संयन्त्रले रामबृक्ष यादवको कायरतापूर्वक हत्या गरेको बताइन् ।
देशमा प्राप्त अहिलेको उपलव्धि यादव लगायतका शहीदहरुको सपना रहेको उल्लेख गर्दै उनले निरन्तर जनताको पक्षमा लाग्ने प्रतिवद्धता जनाइन् ।
नेकपा भित्र अहिले देखिएका खरावी र बिकृतिविरुद्ध लाग्नुपर्ने सम्पूर्ण युवाहरुको आवश्यकता रहेको पौडेलको भनाई थियो ।
प्रेस संगठन गण्डकीका सह–संयोजक त्रिभुवन पौडेल बिशेष अतिथि रहनुभएको कार्यक्रम स्कुलका केन्द्रीय अध्यक्ष क्षितिज सापकोटाकाे सभापतित्वमा सम्पन्न भएकाे हाे ।
शहीद यादवको २०५१ साल भदौ २ गते तत्कालीन राज्य पक्षबाट हत्या भएको थियो । उनका छोरा शेखर यादब जनयुद्दमा सहिद भएपछि सम्पुर्ण परिवारनैजनयुद्दमा सामेल भएका थिए ।