×

वीरगञ्ज २ भदौं । ठाकुरराम क्याम्पस वीरगञ्जका सहायक क्याम्पस प्रमुख प्राध्यापक प्रमोद गुप्ताको निधन भएको छ ।

गुप्ताको गएराती नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता निवासी गुप्ता विगत केहि दिनदेखि ज्वरो लागेर सिकिस्त थिए ।

सोमबार उनलाई नारायणी वयोधा अस्पतालमा भर्ना गर्दा निमोनिया लागेको पुष्टि भएको परिवारको स्रोतले जनाएको छ ।

शिक्षाविद् गुप्ताको गएराती १० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालको प्रशासन शाखाले जानकारी दिएको छ ।

गुप्ता नेपाली कांग्रेसको शिक्षा विभागका सदस्य पनि थिए । उनको हिन्दु धर्म संस्कृति अनुसार मंगलबार बिहान परिवारको सदस्यहरुको उपस्थितिमा अन्त्येष्टि गरिएको छ ।

Back to top