×

वीरगञ्ज ३२ श्रावन । पर्साको पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारसहित ३३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । काठमाडौँ स्थित टेकु प्रयोशालामा वीरगञ्जबाट पठाईएको स्वाबको नमूनालाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा मेयर राैनियारसहित ३३ जना काेराेना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुरले जानकारी दिए ।

श्रावन २६ गते मेयर राैनियारसहित ३४ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि टेकु पथाइएको थियो । टेकु प्रयोशालाले आइतबार नतिजा पठाउँडा ३३ जनामा सङ्क्रमण देखिएको ठाकुरले बताए ।

काेराेना सङ्क्रमित हुनेमा मेयर राैनियार, वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव, अस्पतालका अन्य २ चिक्तिसक, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी रहेका छन् । पाेखरियाका एक जना पत्रकार पनि काेराेना संक्रमित भएका छन् ।

यस्तै मेयर राैनियारका परिवारका सबै सदस्यसहित स्वकिय सचिव राजु राैनियार र सवारी चालक पनि सङ्क्रमित भएका छन । मेयर राैनियारलाई ज्वाराे र रुगाखोकी लागेपछि उनले स-परिवारको कोरोना परिक्षण गराउँन स्वाब जम्मा गराएका थिए ।

मेयर रौनियारको स्वास्थ्य अवस्था ठिक रहेको छ । उनले आफ्नो ज्वरो र रुगाखोकी समेत ठिक भएको जानकारी दिए । रौनियारले स्वाब जम्मा गराएदेखि छुट्टै आइसोलेट भएर बस्दै आएको बताए ।

पाेखरिया अस्पतालका ४ चिकित्सक, ३ नर्ससहित १० जना स्वास्थ्यकर्मी काेराेना संक्रमित भएपछि पाेखरिया अस्पतालकाे सेवा प्रभावित हुने सम्भावना बढेको छ ।

यसअघि पाेखरिया नगरपालिका ४ वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी काेराेना संक्रमित भइ आइसाेलेसनमा छन् ।

Back to top