×

वीरगञ्ज ३२ श्रावन । वीरगञ्जमा विगत २२ दिनदेखि चलिरहेको निषेधाज्ञालाई थप कडा बनाउँन सेना परिचालन गरिएको छ । श्रावन १० गतेदेखि वीरगञ्ज महानगरपालिका र श्रावन १८ गतेदेखि जिल्लाका अन्य स्थानीय तहगरी सम्पूर्ण जिल्लामै लगाइएको निषेधाज्ञा\ प्रभावकारी नभएपछि स्थानीय प्रशासनले आइतबारदेखि सेना परिचान गर्ने निर्णय गएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एउटा सूचना जारी गर्दै श्रावन ३२ गते बिहान ५ बजेबाट लागु हुनेगरी भदौं १३ गते बिहान ५ बजेसम्मका लागी नेपाल प्रहरी र सशस्त्र प्रहारीलाई निषेधाज्ञा लागु गराउँनमा सहयोग पुर्‍याउन नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।

पर्साका नयाँ प्रमुख जिल्ला अधिकारिक आस्मान तामाङले जारी गरेको सूचनामा पहिलेदेखीनै जारी गरिएको निषेधाज्ञालाई थप कडा बनाउँन सेना परिचालन गरिएको उल्लेख छ ।

कोरोनाभाइरस सङ्क्रमण समुदायस्तरमा फैलिसकेको वीरगञ्जमा दिनानुदिन सङ्क्रमितहरुको संख्यामा वृद्ध हुने क्रम रोकिएको छैन भने श्रावनयता मात्रै कोरोनाका कारण यहाँ २० जनाभन्दा बढीले ज्यान गुमाई सकेका छन् ।

सङ्क्रमणबाट वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसहित जिल्लाका सांसद्, वरिष्ठ नेता, सरोकारवाला निकायका कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक, प्रहरी, सैनिकसमेत सङ्क्रमित भइसकेका छन् ।

समुदायस्तरमा फालिएको कोरोनाको चेनलाई ब्रेक गर्न पर्सा संकट व्यवस्थापन केन्द्र असफल भएपछि अग्रपन्तिमा खटिनेहरुको सहयोगका लागि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साको स्रोतले जनाएको छ ।

केन्द्रले लगाएको निषेधाज्ञालाई स्थानीयले उलंघन गरेर हिडडुल गर्दै समुह बनाएर जम्म हुने, मुख्य सडक बाहेक नगरका गल्लि र ग्रामिण भेगमा निषेधाज्ञाको असर नदेखिएको र हेलचेक्र्याइँ गर्दै अवैध बाटो प्रयोग गरेर कयौं व्यक्ति भारतबाट नेपाल प्रवेश गरेको समेत गुनासो आएपछि सेनाको सहारा लिइएको छ ।

Back to top