वीरगञ्ज ३२ श्रावन । पर्सासँगसँगै छिमेकी जिल्ला बारामापनि कोरोनाभाइरस सङ्क्रमणले अवस्था आक्रान्त बनाएको छ ।
पछिल्लो एक हफ्तामा बारा जिल्ल्लामा कोरोना सङ्क्रमितहरुको संख्य ह्वातै बढेको तथ्यांकले देखाको छ । आइतबार मात्रै बारा जिल्लामा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बारा जिल्लाका विभिन्न पालिकामा थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाका ३५ जना, महागढिमाई नगरपालिकाका १७ जना, करैयामाई गाउँपालिकामा १० जना, जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाका २ जना र ठेगाना नखुलेका एकजना गरी ६५ जना कोरोना सङ्क्रमित थपिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
थपिएका सङ्क्रमित मध्ये अधिक्तम कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये रहेको पण्डितले जानकारी दिए ।