×

वीरगञ्ज ३२ श्रावन । वीरगञ्जमै पहिलो पटक वीरगञ्ज पब्लिक कलेजले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती हल्ट प्राइज २०२०/२१ होस्ट गर्ने तयारी गरेको छ ।

हल्टबिजनेस स्कुल, हल्टप्राइज संस्था र सयुक्त रास्ट्र संघसँग आबद्ध भएर हल्टप्राइजको स्थापना गरिएको हो । क्षमताशिल एवम् उर्जावान युवा युवतिहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा पनि यसलाई लिन सकिन्छ । यो प्रतिस्पर्धालाई विद्यार्थिहरुको नोवेल पुरस्कारको रुपमा पनि चिनिन्छ ।

समाजमा सकारात्मक परिवर्तनका लागि र उद्यमी, व्यापारी एवम् नेतृत्वकर्ता बन्ने सपना बोकेकाहरुको सपनालाई साकार पार्ने अवसर पनि हल्टप्राईज हो । उक्त प्रतिस्पर्धाका विजयीहरुले १ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । क्याम्पस निर्देशक मानिस चालिसेको नेतृत्वमा १७ वटा टोली सहितको सहभागितामा यस वर्षको हल्टप्राईज आयोजना हुने हल्टप्राइजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अहमद अस्करले बताउनभयो ।

हल्ट प्राइजले हालसम्म विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर प्रदान गरिसकेको छ । छिटै विषयको टुंगो लगाएर यस बर्षको प्रतिस्पर्धामा सहभागि हुने बाटे खुल्ने तयारीमा जुटेको क्याम्पस निर्देशक चालिसेले बताउनुभयो ।

प्रतिस्पर्धामा सहभागि विद्यार्थी समूहलाई सामाजिक व्यवसायसँग सम्बन्धित केहि बिषय प्रदान गरिनेछ र जसले अनक्याम्पस प्रोग्राममा उत्कृष्ट अंक प्राप्त गर्छ सोही समुह अर्काे चरणको लागि छनौट हुने चालिसेको भनाई छ । अहिलेसम्म शिक्षा, बिद्युत, पानी लगायतका समाजसँग सम्बन्धित चुनौतीहरूका लागि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले विषय छनौट गर्ने गरेका छन् ।

क्लिन्टनले छनौट गर्ने विषयवस्तुले समाजलाई सकरात्मक प्रभाव पार्ने र सहभागिहरुलाई खोजअनुसन्धान गर्न प्रेरित गर्नुका साथै ज्ञानबद्र्धक कुराहरुले क्षमता अभिबृद्धि गर्न सघाउ पुग्ने विश्वास पनि गरिन्छ ।

स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूले ३÷४ विद्यार्थीहरूको समूहसँग भाग लिन सक्ने छन् । ४भन्दा बढी विद्यार्थीहरूको समूह अमान्य हुने छ । कार्यक्रमसँग सम्बन्धित धेरै घोषणाहरू प्रत्यक्ष क्विज उन्माद र प्रश्नोत्तर सत्रको साथ सुरू भइसकेको कार्यक्रमकी सामाग्री लेखक तथा भिडियो सम्पादक विज्ञा चालिसेले जानकारी दिनुभयो ।

Back to top