×

वीरगञ्ज ३२ श्रावन । हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्रको प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सो खाडीको जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ।

आगामी २४ घण्टा देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

भोलि र पर्सि पनि धेरै स्थानहरूमा वर्षा हुने अनुमान गरिएको छ। भोलि र पर्सिको राति भने गण्डकी, सुदूरपश्चिम, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

Back to top