×

वीरगञ्ज ३१ श्रावन । सरकारी नम्बरको मोटरसाइकल दुरुपयोग गरेर लागु औषध ओसारपोसार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी महादेवपट्टिबाट खटेको टोलीले शुक्रबार साँझ सरकारी नम्बरको मोटरसाइकल ना. १ ब ३५९० मा अवैध लागु औषध नाइट्रोभेटसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिराभावानी गाउँपालिका वडा नं. ४ निवासी शशिकान्त चौधरी रहेका छन् । चौधरीबाट प्रहरीले नाईट्रोभेट ४० थान, कोटिन फ्रलेक्ट पी सीरप ८ थान, स्टाम्पो २ थान बरामद गरेको चौकीका प्रहरी सहायक निरीक्षक सिकेन्द्र पाण्डेले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बुझाएको पाण्डे बताए ।

स्रोतका अनुसार चौधरी जिराभावानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सुभाष राउत थारुका छोरा हुन् । उहाँले लागु औषध ओसार पोसारमा प्रयोग गरेको मोटरसाइकल गाउँपालिकाल वडा अध्यक्षको प्रयोगका लागि उपलब्द गराएको मोटरसाइकल हो ।

Back to top