×

वीरगञ्ज ३१ श्रावन । शुक्रबार राति र शनिबार साँझ गरी वीरगञ्जका २ वटा कोरोना विशेष अस्पतालबाट यहाँ ७० जना कारोनाबाट संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । वीरगञ्ज हेल्थ केयरस्थित नारायणी विशेष कोरोना अस्पतालबाट शुक्रबार ३६ जना र शनिबार साँझ ३४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।

यसअघि शुक्रबार साँझ नै नारायणी विशेष कोरोना अस्पतालबाट ८ जना डिस्चार्ज भएका थिए । पर्सा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले भने, ‘२ वटा कोरोना विशेष अस्पतालबाट यहाँ ७० जना कोरोनाबाट संक्रमणमुक्त भएर डिस्चार्ज हुनु भएको ति अस्पतालहरुले जनाएका छन् ।’

दश दिनअघी साउन २२ गते प्राप्त पिसिआर परीक्षण रिपोर्टमा संक्रमित देखिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तराई मधेस विभागका प्रमुख एवम् पुर्वमन्त्री अजय चौरसियासहित ३४ जना शनिबार साँझ डिस्चार्ज भएका हुन । उनीसँगै वीरगञ्जस्थित कारागारका जेलर श्रवण पोखरेल, वीरगञ्ज महानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष जगत साह कानुसहित ३६ जना डिस्चार्ज भएका हुन् ।

नारायणी मातहत सञ्चालित विशेष कोरोना अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचार गराइरहेका उनीहरुको पछिल्लो पीसिआर परीक्षण रिपोर्टमा नेगेटीभ आएपछि शनिबार डिस्चार्ज गरिएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिए ।

यसअघि शुक्रबार वीरगञ्ज वडा नम्बर १३ का वडा अध्यक्ष रामदरश कुशवाहा, पत्रकार क्रान्ति साहसहित ३६ जना सो अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यस्तै आठ जना गण्डक अस्पतालबाट डिस्चार्ज भएका थिए ।

Back to top