×

वीरगञ्ज ३१ श्रावन । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४७ पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल नेपालमा १४ हजार ४४८ जना क्वारेन्टिनमा रहेका छन्। गत २४ घण्टामा १२४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार १०१ पुगेको छ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा प्रति १० लाख जनामा १७ हजार ३२८ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

Back to top