×

वीरगञ्ज ३१ श्रावन । पर्साकाे कालिकामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहकाे शुक्रबार बिदाई गरिएकाे छ । दाेलखाकाे सैलुङ्ग गाउँपालिकामा सरुवा भएका प्रशासकिय अधिकृत साहकाे शुक्रबार बिदाई गरिएकाे हाे ।

साहले गाउँपालिकाकाे चाैतर्फी बिकासमा कुशल प्रशासकिय अधिकृतकाे भुमिका निर्वाह गरेकाे भन्दै स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबलेसमेत सम्मानसहित बिदाई गरेकाे छ । संस्थाले कालिकामाई गाउँपालिकाकाे वडा नं.२ गदियानीस्थित रहेकाे आफ्नाे प्रधान कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी प्रशासकिय अधिकृत साहलाई सम्मान गर्दै बिदाई गरेकाे हाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष छठु साहले प्रशासकिय अधिकृत साहलाई दाेसला ओढाएर सम्मान पत्रले सम्मान गरे । उनले प्रशासकिय अधिकृत साहकाे कार्यकाल अहिले सम्म कै प्रशासकिय अधिकृतहरु मध्ये उत्कृष्ट भएकाे वताए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्षसमेत रहेका साहले अव्यवस्थित रहेकाे कालिकामाई गाउँपालिकालाई प्रशासकिय अधिकृत साहले आफ्नाे कार्यकालमा व्यवस्थित बनाउन सफल भएकाे वताए ।

अधिकृत साहका कारण कालिकामाई गाउँपालिका विकास निर्माणमा गति लिएकाे वताउदै साहले प्रशासकिय अधिकृत साहकाे कार्यकाल समग्रमा राम्राे र सराहनिय रहेकाे वताए ।

प्रशासकिय अधिकृत साहले गाउँपालिकाकाे युवा, बुद्धिजिवि, गैर सरकारी संस्था लगायतकाे समन्वय र सहकार्यमा काम गरेकाे वताए । आफ्नाे कार्यकालमा यहाँका सबै बर्गबाट पाएकाे सहयाेग र सहकार्यका लागि अभार पर्कटसमेत गरे ।

कार्यक्रममा वडाध्यक्षद्वय पवन तिवारी, हरिओम साह कलवार, ब्रिलिएन्ट युवा क्लबका पूर्व अध्यक्ष सुरज राम, काेषाध्यक्ष सदाम हुसेन लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन सदस्य शम्भु कुमार सुमनले गरेका थिए ।

Back to top