वीरगञ्ज ३० श्रावन । यात्रा डेली प्रालिद्वारा सञ्चालित यात्रा डेली डटकमले चलाएको नमूना मतदानमा ६० प्रतिसत मतदाताले निषेधाज्ञाको विकल्प खोज्न भनेका छन् ।
विगत १९ दिनदेखि वीरगञ्जमा लगाइएको निषेधाज्ञाको विकल्प स्थानीय तहले खोज्नु पर्छ की पर्दैन भन्ने प्रश्नमा जम्मा ६ सय ३१ जनाले मतदात गरेका छन् जसमध्ये ३ सय ८० जनाले निषेधाज्ञाको विकल्प खोज्नु पर्छ भनेका छन् भने २ सय ५१ जनाले विकल्प नरहेको बताएका छन् ।
यात्रा डेली डटकमले सामाजिक सञ्जाल आफ्नो आधिकारिक फेसबुक पेजमा बिहिबार दिउँसोदेखि २४ घण्टाको लागी सुरु गरेको नमूना मतदान 'वीरगञ्जमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको आज १९ औं दिन पुगेको छ । द्रुत गतिमा कोरोना परिक्षण गर्दै समुदायस्तरमा फालिएको सङ्क्रमणलाई रोक्ने उद्देश्यले लगाइएको निषेधाज्ञाको कुनै उपलब्धि देखिएको छैन । अझै केहि दिन यस्तै चल्ने हो भने भोकले मर्ने अवस्था आउन सक्छ । के हामीसँग निषेधाज्ञाको विकल्प छैन? आफ्नो मत दिनुहोस,' भन्ने प्रश्न गरेको थियो ।
https://www.facebook.com/yatradaily/posts/3198694816889819
पोलमा तल प्रतिक्रिया एकजनाले कन्ट्याक्ट ट्रेसिङ बिनाको निषेधाज्ञाको केहि मतलब नभएको बताएका छन् । त्यस्तै एक जनाले निषेधाज्ञा पुर्व तयारीको लागी लगाइएपनि स्थानीय प्रशासनले कुनै तयारी बिनानै लामो निषेधाज्ञा लगाएको आरोप लगाएका छन् ।
पर्साको सदरमुकाम वीरगञ्जमा विगत २० दिनदेखि पूर्णरुपले निषेधाज्ञा लागु गरिएको छ भने जिल्लाका अन्य स्थानीय तहहरुमा श्रावन १९ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा गर्नु पुर्व मास ट्रेसिङ गरिने प्रशासनले आश्वासन दिएपनि त्यस्तो हुन सकेको छैन । यता पर्सामा दिनानुदिन सङ्क्रमितहरु थपिने क्रम जारी नै छ ।