काठमाडौँ ३० श्रावन । राष्ट्रिय एकता अभियानले काठमाडौंको महाराजगंज स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ ।
पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा दुतावास अगाडी पुगेर राष्ट्रिय एकता अभियानका सदस्यहरुले हिन्दु र बौद्ध धर्मावलम्बिहरुमाथि भइरहेको हिंसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवका अनुसार शुक्रबार दिउँसो एक बजे पाकिस्तानी राजदुतावास महाराजगंज पुगेर विरोध प्रदर्शन गरिएको हो । पाकिस्तानी सरकारले हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि भइरहेको ज्यादती र हिँसालाई रोक्न कुनै पनि कदम नचालेको अभियानका संयोजक यादवको भनाई छ ।
उनले विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीले आफूहरुमाथि धरपकड गरेको समेत जानकारी दिएका छन् । पाकिस्तानले शुक्रबार अर्थात अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाएको छ । त्यस्तै, भारतले शनिबार अगष्ट १५ तारेकमा आफ्नो ७४औं स्वतन्त्रता दिव मनाउने तयारी गरिरहेको छ ।