×

वीरगञ्ज ३० श्रावन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका युवा नेता प्रभाकर गुप्तामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले सार्वजनिक गरेको कोरोना सङ्क्रमितहरुको पछिल्लो नामावालीमा नेता गुप्ताको पनि नाम रहेको छ । गुप्ता नेकपा पर्साका जिल्ला सदस्य हुन् ।

एक जना कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि उनले श्रावन २६ गते नारायणी अस्पताल पुगी आफ्नो स्वाब जम्मा गराएका थिए । अस्पतालले गरेको पिसिआर परिक्षणमा बुधबार उनमा सङ्क्रमण पुष्टि भएको हो ।

गुप्ता अहिले वीरगञ्ज महानगरपालिका वडा नं. १० घडिअर्वास्थित आफ्नो घरमा होम आइसोलेसनमा रहेका छन् । उनले चिकित्सकको सल्लहा अनुसार होम आइसोलेसनमा बसेको जानकारी दिए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको जनाएका छन् ।

'म स्वस्थ छु, कुनै लक्षण छैन । सङ्क्रमितको सम्पर्कमा आएदेखि मैले आफुलाई आइसोलेट गरेको थिए,' नेता गुप्ताले भने, 'चिक्तिसकसँग कुरा गरेको छु, उहाँहरुले मलाई लक्षण नदेखिएको कारण होम आइसोलेसनमा बस्न सल्लहा दिएका छन्, म त्यही गर्दै छु ।'

गुप्ताले कोरोनालाई पराजित गर्दै छिट्टै जनता सेवामा फर्किने बताए ।

Back to top