×

वीरगञ्ज २९ श्रावन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ९५ पुगेको छ। पुरुष ७३ जना र महिला २२ जनाले कोरोना भाइरसको कारण मृत्‍यु भएको स्वास्थ्‍य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गुमेको छ।

उनका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश- १ मा ८ जनाको मृत्‍यु भएको छ भने प्रदेश- २ मा २८ पुरुष र ११ महिला गरी ३९ जनाको मृत्‍यु भएको छ।

यस्तै बागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जनाको मृत्‍यु भएको छ भने गण्डकी प्रदेशमा ६ जना पुरुषको कोरोनाको कारण मृत्‍यस भएको छ।

यस्तै प्रदेश ५मा ९ पुरुष र ३ हमिला गरी १२ जानको मृत्‍यु भएको छ भने कर्णाली प्रदेशमा ४ जनाको मृत्‍यु भएको छ।

यस्तै सुदुरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाको कोरोना भाइरसबाट मृत्‍यु भएको छ।

Back to top