वीरगञ्ज १८ श्रावन । वीरगञ्ज १ सय १८ व्यक्तिको कोरोना परिक्षणका लागि स्वाबको नमूना सङ्कलन गरिएको छ । कारागारमा कैदीबन्दीसहित १३ जना कोरोना सङ्क्रमण भेटीएपछी ट्रेसिङ् आधारमा १ सय १८ जनाको स्वाब नमूना सङ्कलन गरिएको हो ।
कैदीबन्दी मध्ये ५५ जना पुरुष, ९ जना महिला, १ जना नाबालक, ३१ जना नेपाली सेना, ७ जना नेपाल प्रहरी र १५ जना वीरगञ्ज कारागारका कर्मचारी गरी १ सय १८ जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोेखरेलले जानकारी गराए ।
गत मङ्गलवार वीरगञ्ज कारागारमा ८ जना कैदीबन्दी, ३ जना सुरक्षाकर्मी र २ जना कर्मचारी गरी १३ जना सङ्क्रमित पुष्टि भएका थिए।
सङ्क्रमितहरूलाई कारागार परिसरमा रहेको समता स्कूल र अस्पतालमा आइसोलेट गरिएको कारागार प्रमुख पोखरेलले बताए ।
कारागारमा रहेका एक सयभन्दा बढी कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनीहरूलाई छुट्टै ब्लकमा राखिएको भएपनि धारा र शौचालय सबैले प्रयोग गर्दा सङ्क्रमण फैलिने जोखिम उत्तिकै छ।