×

वीरगञ्ज १८ श्रावन । कोरोनाभाइरस महामारीले पर्सा जिल्ला आक्रान्त भएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण सम्पूर्ण जिल्ला र विशेषगरी सदरमुकाम वीरगञ्ज पूर्ण रुपले ठप्प छ । विगत एक हफ्तादेखि प्रशासनले अतिआवश्यक बाहेका अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालसम्मका लागि बन्द गरेको छ ।

सवारी साधन र अन्य सेवाहरु उपलब्ध नहुँदा जनतालाई मार्क परेपनि कोरोना सङ्क्रमणबाट जोगिन निषेधाज्ञाको पालन गर्न बाध्य भएका छन् । लामो र छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरु बन्द हुँदा जनतालाई स्वास्थ्य उपचार गराउँन समेत समस्या परेको छ ।

यसैबीच ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले मारवाडी समाज पर्सा र यात्रा डेली प्रालिसँगको सहकार्यमा नि:शुल्क स्वास्थ्य सम्बन्धि टेलिफोन परामर्श शेवा सुरु गरेको छ ।

समुदायका अध्यक्ष प्रकाश खेतनाले आइतबार एउटा सन्देश जारि गर्दै स्वास्थ्य उपचार सम्बन्धि समस्या भोगीरहेका व्यक्तिहरुले अब वीरगञ्जका चर्चित चिक्तिसकहरुसँग नि:शुल्क टेलिफोन परामर्श सेवा लिन सक्ने बताएका छन् ।

उनले विभिन्न रोगका ४ विशेषज्ञ चिकित्सकहरुको नाम र नम्बर सार्वजनिक गर्दै कुनैपनि समय नि:शुल्क टेलिफोन परामर्श लिन सक्ने बताएका हुन् । खेतनाले अर्थोपेडिक सर्जन डा. नितिक क्याल, बाल रोग विशेषज्ञ डा. सञ्जय अग्रवाल, स्त्री एवम् प्रसुती रोग विशेषज्ञ डा. कृति अग्रवाल लगायत चिक्तिसकहरुको नम्बर सार्वजनिक गर्दै समस्यामा रहेका व्यक्तिहरुलाई फोन गरेर परामर्श लिन आग्रह गरेका छन् ।

उनले कुनै अन्य चिकित्सक यस अभियानमा आबद्ध हुन् चाहे ग्रिन सिटि समुदायमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

चिकित्सकका नाम र सम्पर्क नं.;

(१) डा. केके अग्रवाल

सम्पर्क नं. ९८१४२२१२६२

(२) डा नितिन क्याल

अर्थोपेडिक सर्जन

सम्पर्क नं. ९८०११४७७८८

(३) डा. सञ्जय अग्रवाल

वरिष्ठ बाल रोग विशेषज्ञ

सम्पर्क नं. ९८४१८१३८८५

(४) डा. कीर्ति अग्रवाल

प्रसूति एवं स्त्री रोग विशेषज्ञ

सम्पर्क नं. ९८४५०३५५८८

Back to top