वीरगञ्ज १८ श्रावन । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कपोलकल्पित समाचारको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
मन्त्री सोनलको तर्फबाट उहाँको निजी सचिवालयले आज एक विज्ञप्ति निकाल्दै मन्त्रीको नाम मुछेर प्रकाशित गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले जारी गरेको सो विज्ञप्तिमा गत साउन १६ गते मधेशवाणी डटकममा जसपा अध्यक्ष महन्थ ठाकुरबारे मन्त्री सोनलको नाम जोडेर भ्रामक रुपले प्रकाशित गरेको समाचारले मर्माहित बनाएको उल्लेख छ ।
सो समाचार आधारहिन, तथ्यहिन, कपोलकल्पित एवं पत्रकारिताको मुल्यमान्यता विपरित चरित्रहत्या गर्ने प्रयासले प्रकाशित गरिएको भन्दै सचिव सर्राफले दुख व्यक्त गरेका छन् ।
साथै, मन्त्री सोनललाई बदनाम गराउन र मधेश आन्दोलनको जगमा उभिएको सरकारमाथि प्रहार गर्न समाचार प्रकाशित भएको विज्ञप्तिमा ठहर गरिएको छ ।