वीरगञ्ज ७ श्रावन । वीरगञ्ज कलेज प्रालिले ४ विद्यार्थीलाई पूर्ण छात्रवृति प्रदान गर्ने भएको छ । नेपाल भर्चुअल एजुकेसन प्रालि काठमाडौँसँगको सहकार्यमा वीरगञ्ज कलेजले २ छात्र र २ छात्रागरि ४ विद्यार्थीलाई पूर्ण छात्रवृति प्रदान गर्ने लागेको हो ।
वीरगञ्ज कलेज र भर्चुवल एडुकेसन प्रालिबीच “शिलापत्र उजज्वल छात्रवृत्ति” प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको कलेजको सञ्चालक समीतिका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
बुधबार भएको सम्झौतामा वीरगञ्ज कलेजका तर्फबाट डा. चौधरी र भर्चुवल एडुकेसनको तर्फबाट सुरेश सिम्खडाले हस्ताक्षर गरेका थिए ।
डा. चौधरीले सम्झौता अनुसार वीरगञ्ज कलेजले छात्रवृति अन्तर्गत कक्ष ११ र १२ मा गरि २/२ जना विद्यार्थीहरु (१ छात्र र १ छात्रा) लाई पूर्ण छात्रवृत्तिमा पठनपाठन गराउने छ । छात्रवृत्तिको लागि विद्यार्थीहरुको छनौट नेपाल भर्चुवल एडुकेसन प्रालिले नेपाल एडु फेयर मार्फत गर्ने छ ।
छात्रवृति प्राप्त गर्नका लागि नेपाल एडु फेयरको वेबसाईटमा गएर विद्यार्थीहरुले अनलाइन फारम भर्नुपर्ने डा. चौधरीले जानकारी दिए ।