×

वीरगञ्ज ७ श्रावन । पर्साको जगरनाथपुर गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।

जगरनाथपुर–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृत्यु भएको हो ।

मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल वेपत्ता भएका थिए ।

खोजतलासका क्रममा एक घन्टापछि मृत अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

Back to top