×

वीरगञ्ज ६ श्रावन । विगत ३ दिनदेखिको लगातार वर्षाले तराई-मधेसका अधिकांस स्थान डुबानमा परेका छन् । विभिन्न नदि र खोलाहरुको वहाव उच्च हुँदा सबैलाई सतर्कता अपनाउँन सरकारले आग्रह गरेको छ ।

वर्षाको प्रभाव वीरगञ्जको सिर्सिया नदिमा पनि देखिएको छ । सिर्सिया नदिमा पानीको बहावले खतराको तह पार गरेको छ भने नाजिका सम्पूर्ण क्षेत्र डुबानमा परेका छन् ।

डुबानमा परेका क्षेत्रहरुमा राहत र उद्दारमा खटिरहेका प्रहारीलाई भने सुरक्षा सामग्री नहुँदा समस्या भइरहेको छ । यसै समस्यालाई मध्यनजर गर्दै समाजसेवी अजयकुमार गुप्ताले आफ्नो व्यक्तिगत खर्चबाट वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित शिवपार्वती प्रहरी बिटमा कार्यरत प्रहरीलाई सुरक्षा सामग्री उपलब्ध गराएका छन् ।

गुप्ताले वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरक्षक दीपक साहको उपस्थितिमा शिवपार्वती प्रहरी बिटलाई बुट, छाता, ट्रकको ट्युर, टर्च लाईट र रस्सीलगायत सुरक्षा सामग्री उपलब्ध गराएका हुन् ।

राष्ट्रिय स्तरका बडी बिल्डिंग खेलाडी समेत रहेका गुप्ताले प्रहरीलाई ३ थान बुट, १ थान चाथा, १ थान ट्रकको ट्युर, २ थान टर्च लाईट र १ बन्डल रस्सी उपलब्ध गराएका छन् ।

यसीअघि गुप्ताले सुरक्षित एवम् व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत आफ्नो व्यक्तिगत खर्चले केहि दिन अगाडी नदिको पुल मुनि जम्मा भएको जलकुम्भी समेत हटाउँन लगाएका थिए ।

गुप्ता विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका छन् ।

Back to top