×

वीरगञ्ज ३० असार । पर्साको विन्दवासिनी गाउँपालिकाको गाउँ सभा बिना कार्यक्रमको सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले कुनै कार्यक्रम नै नगरी २०७७ असाड २१ गतेको पुरानो ब्यनर झुण्डयाई एक फोटो खिचि आर्थिक बर्ष ०७७÷०७८ को लागि चालु तर्फ १३ करोड, ९९ लाख र पूँजीगत तर्फ १६ करोड, ५६ लाखको बजेट पारित गरेको श्रोतले जनाएको छ ।

बिना कुनै कार्यक्रमको परिषदले बिभिन्न विषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा समेत बजेट विनियोजन गरेको छ ।

परिषदमा शिक्षामा १ करोड , स्वास्थ्यमा ८० लाख , कृषीमा ६० लाख, पशुमा ४० लाख लगायतका शिर्षकमा बजेट छुट्याएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषी, सडक, नाला रहेको छ ।

 

Back to top