×

वीरगन्ज २७ असार । संबिधान सभा सदस्य एवं नेकपा नेता बिचारी यादवको बिशेष पहलमा नारायणी रंगशालाको स्तरोन्नतिको लागि ५ रकम बिनयोजन भएको छ ।

नेता यादवले रंगशाला मर्मतको लागि पटक पटक युवा तथा खेलकुद विकास मन्त्री जगत बहादुर बिशवकर्मासंग पहल गर्दै आउनु भएको थियो ।

शुक्रबार यादव मन्त्रालयमा पुगी ५ करोड रकम बिनयोजन गराएका थिए । सो रकमले बहुउदेसीय कर्वडहल निर्माण र जिर्ण रहेका प्याराफिट मर्मतको काम हुने यादवले जानकारी दिनुभयो ।

सो अवसरमा ओबिसीका एम पि साह कानु ,मान्देव हजरा लगायतको सहभागिता रहेको थियो ।

Back to top