×

वीरगञ्ज १७ असार । जनता समाजवादी पार्टी पर्साको पदाधिकारी बैठकले सप्ताहब्यापी कार्यक्रम घोषणा गरेको छ ।

तत्कालीन समाजबादी पार्टी पर्साको जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले राज्य व्यवस्थापन तथा सुशासन समितिले प्रस्ताव गरेको नागरिकता विधयेक विरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले असार १८ गते ठाकुरराम बहुमुखी क्याम्पसमा पार्टीसँग आबद्ध विद्यार्थी सङ्गठन मार्फत प्लेकार्ड सहित घण्टाघरमा प्रदर्शन गर्ने । असार १९ गते पार्टीको युवा समितिले लाठि जुलुस निकाल्ने, २० गते शिक्षक कमिटिले नागरिकता सम्बन्धि छलफल गर्ने, २१ गते विद्यार्थीको जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयको मूलद्वारा अगाडी धर्ना प्रदर्शन गर्ने, २२ गते महिला कमिटीले र्‍याली र कोणसभा गर्ने, २३ गते मुस्लिम कमिटीले कालोपट्टि बाँधी धर्ना दिने, २४ गते नगर कमिटीले लाठी जूलूस प्रदर्सन गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रदेशसभा सदस्य करिमा बेगम, भिमा यादव, संविधानसभा सदस्य इश्लाम हवारी, पार्टीका केन्द्रिय प्रचार बिभाग सदस्य जाबेद एकबाल हैदर, बासुदेव राउत अहिर, मुस्त्किम अन्सारी, नेता सुन्दर प्रसाद कुर्मी, वरिष्ठ नेता रामचन्द्र पण्डित, जिल्ला सचीव राजेस कुमार साह, श्रीराम गिरि, महानगर कमिटी अध्यक्ष इश्वर चन्द्र यादव, ओम प्रकाश सर्राफ, शिक्षकको तर्फबाट जिल्ला अध्यक्ष हरेन्द्र चौरासीया, महिलाको तर्फबाट मिनि सिंह, माल्ती कुसवाहा, साज्दा खातून, बृजमोहन तिवारी, मुस्लिमको तर्फबाट हस्मोदिन देवान, हाकिम हवारी, अब्दुल रौफ, युवाको तर्फबाट नुरालम अन्सारी, सेख मुना, विद्यार्थी नेता अध्यक्ष एजाजबाबु राकी, फिरोज बाद्साह, शशिकान्त सर्राफलगायतको सहभागीता रहेको तत्कालीन समाजबादी पार्टीको जिल्ला सचीव तबरेज अहमदले जानकारी दिए ।

Back to top