वीरगञ्ज १७ असार । किशोरी सशक्तिकरणका लागि संवाद कार्यक्रम अन्र्तगत संवाद सहजिकरणका लागि फस्ट मोडुल ८ दिने एनिमिटर तालिम आज सम्पन्न भएको छ ।
नेपाल ग्रामिण पुन निर्माण संस्था (आरआरएन)को आयोजना र युरोपिएन युनियनको सहयोगमा ८ दिने तालिम सम्पन्न भएको हो । ग्रामिण क्षेत्रमा भएका विकृति तथा विसंगतिको विरुद्धमा आवाज उठाउनका लागि त्याँहाका किशोर किशोरीलाई सशक्तिकरण बनाउनका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।
आरआरएन पर्साका कार्यालय प्रमुख भिमकुमार राईको सभापतित्वमा भएको समापन कार्यक्रममा परवानीपुर गाउँपालिका वडा न.१ देखी ४ सम्मका एनिमेटरहरुको सहभागिता रहेको थियो । समाजमा विद्यमान बालविवाह, दाईजो प्रथा, महिला हिँसा, जातिय विभेद लगायतका कुरीतिको विरुद्धमा सबैलाई सचेत बनाउने अभिप्रायले विभिन्न क्षेत्रका किशोर किशोरीलाई सचेत बनाउने अभियान थालिएको कार्यालय प्रमुख राईले बताउनुभयो ।
सो तालिममा सहभागि भएका एनिमेटरहरुले आ आफ्नो गाउँमा गएर अरुलाई पनि सचेत बनाउने किशोरी संवाद कार्यक्रमका अधिकृत प्रकाश पाण्डेले बताउनुभयो । यसैगरी स्थानीय विद्यालयहरुमा विद्यार्थि भर्ना अभियानका साथै विद्यालयमा अभाव भएका भौतिक पुर्वाधार लगायतको व्यवस्थापन गर्ने कार्यलाई पनि निरन्तरता दिइएको वित्त अधिकृत रविन भण्डारीको भनाई छ ।
किशोर किशोरीको क्षमता अभिबृद्धिका साथै व्यक्तित्व बिकास सहित विभिन्न किसिमका सिपमुलक तालिमहरु पनि दिएर उनिहरुलाई आप्mनो खुट्टामा उभिने वातावरणको सृजना गर्न पनि आरआरएनले महत्वपुर्ण भुमिका निर्वाह गरेको फिल्ड सुपरभाईजर सुनेश्वर साहले बताउनुभयो ।