×

वीरगञ्ज १६ असार । पर्सा क्षेत्र न २ प्रतिनिधिसभा सदस्य एवम उधोग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल श्रीवासतले संसदीय कोषबाट स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड १९ को ब्यवस्थापनको लागि खर्च गर्ने भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विकास निर्माणका कामहरु नभएकोले संसदीय कोषको रकम वीरगञ्ज माहानगरलाई ४७ लाख १५ हजार ५८८ र पर्सागढी नगरपालिकालाई ४४ लाख ४७ हजार ५ सय ९३.८५ रकम कोरोना रोकथाम र नियन्त्रणका लागि गरिने व्यावस्थापनमा खर्च गर्ने भएको हो ।

असार २ गते सरकारले गरेको निर्णय अनुसार प्रतिनिधिसभा संसदमा निर्वाचित सांसदहरुलाई पाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च हुन नसकेको रकम स्थानीय तहको कोभिड १९ व्यावस्थापन कोषमा जाने भएको थियो ।

Back to top