×

वीरगञ्ज १६ असार । पर्सामा जंगली जनावरको मासु र भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ गर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ का लक्षुमन माझी मुसहर रहेको सव वन डिभिजन कार्यालय वडिनियारले जनाएको छ ।

राष्ट्रिय निकञ्जमा खटिएको नेपाली सेना तथा वनका कर्मचारीहरुको टोलीले जंगली जनावरको मासु र बन्दुक एक थान सहित माझीलाई पक्राउ गरेको हो ।

पर्साको सखुवा प्रसौनी गाउँ पालिका वडा न १ राष्ट्रिय बन जंगलसँग जोडिएको औराहाँ टोल निवसी लक्षुमन माझी मुसहरले राष्ट्रिय वनबाट हरिण मारेको सूचनाको अधारमा पुगेको नेपाली सेना तथा वन कर्मचारीहरुको सयुक्त टोलीले घरमै मासु भागबण्डा गरी रहेको अवस्थामा माझीलाई पक्राउ गरेको थियो ।

उनीसँगै अन्य ४ जना रहेको भए पनि उनीहरु भाग्न सफल भएका थिए । पक्राउ परेका माझीलाई मासु र बन्दुक सहित डिभिजन वन कार्यालयलाई जिम्मा लगाइएको वन सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको सव वन डिभिजन कार्यालय बडनियारले जनाएको छ । पछिल्लो समयमा पर्साको राष्ट्रिय वनवाट जंगली जनावर तथा पंक्षीहरुको चोरी सिकारी बढेको स्थानियहरुले बताएका छन् । स्थानीयहरुका अनुसार अकवनिया,खजुरिया,रंगपुर,सोनबर्षा बैरिया,गडुवा लगायतको क्षेत्रमा जंगली जनावरको चोरी सिकारी बढेको छ ।

त्यसै गरी गए राती वनका कर्मचारीहरुको गस्ती टोलीले सखुवा प्रसौनी गाउँपालिका वडा नं. सखुवनिया टोलीका लक्ष्मी महतो थारुलाई १२ क्यू फिट र वडा नं. ३ कौवावन टोलका भरत माझी मुसहरलाई १२ क्यूफिट काठ सहित पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला वन डिभिजन कार्यालयमा पठाइएको सव डिभिजन वन कार्यालय बडिनियारले जनाएको छ ।

Back to top