वीरगञ्ज १६ असार । नेपाल पोष्ट डेलीडट कमको सम्पादकमा अशोक संग्रौला नियुक्त भएका छन् । नेपाल पोष्ट मिडिया प्रालिको सञ्चालक समितिको बैठकले उनलाई सम्पादकमा नियुक्त गरेको हो ।
यसअघि देखि नै नेपाल पोष्ट मिडिया प्रालिका लागि नेपाल पोष्ट डेली डट कम र नेपाल पोष्ट डेली पत्रिकाको सम्पादकको रुपमा कार्य गर्दै आएका संग्रौलालाई सूचना तथा प्रसारण विभाग दता भएरै आधिकारिक रुपमा सम्पादक नियुक्त गरिएको हो ।
स्नाकोत्तरसम्म औपचारिक अध्ययन गरेका संग्रौला विगत १० वर्षदेखि विभिन्न माध्यम मार्फत पत्रकारितामा क्रियाशिल छन् ।
रेडियो सिमरा, रेडियो वीरगञ्ज, इन्द्रेनी एफएम र तत्कालीन गढीमाई एफएममा समाचार वाचक तथा समाचार सम्पादकको रुपमा काम गरिसकेका संग्रौलाले लोक टाइम्स दैनिकमा समेत सह–सम्पादकको रुपमा काम गरेका छन् । संग्रौला अहिले रेडियो सान्भीमा समेत समाचार वाचाक र कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छन् ।