वीरगञ्ज १६ असार । रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले नारायणी अस्थायी कोभिड अस्पताल गण्डकलाई २० थान पिपिई सेट प्रदान गरेको छ।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री पिपिई सेटको अभाव रहेको जानकारीमा आएकोले सो सामग्री उपलब्ध गराइएको क्लबका पदाधिकारीहरूले बताएका छन्।
गण्डक अस्पतालमा सोमवार आयोजित कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका अध्यक्ष डा आनन्दकुमार झा र रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका सचिव अनिल जयसवालले अस्पतालका संयोजक डा उदयनारायण सिंहलाई पिपिई सेट हस्तान्तरण गरेका थिए।
क्लबका सदस्य तथा पदाधिकारीहरूबाट सङ्कलित रकमले सो सामग्री खरीद गरी सहयोग गरिएको हो।