वीरगञ्ज १६ असार । सशस्त्र प्रहरी बल बिओपी अलौले स्रोत नखुलेको ९१ हजार भारतिय नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल विओपी सशस्त्र प्रहरीका नायब निरीक्षक रामशरण पुडासैनीको नित्तृत्वमा रहेको टोलीले अलौ भन्सारमा चेकजाँच गर्नै क्रममा झोला भित्रबाट ९१ हजार भारतिय नोट सहित ना १५ प ५८३८ नम्बरको हुणडा साईन मोटरसाईकल सहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल वीओपी प्रमुख प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।
पक्राउ पर्नेमा पोखरीया नगरपालिका वडा नं. २ लमरिया निवासी बर्ष २८ को मनोज यादब रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादबलाई आवश्यक कारबाहीको लागि राजशव अनुशन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।