वीरगञ्ज १५ असार । नागरिकता विद्येयकको विरुद्धमा वीरगञ्जमा सोमवार नागरिक समाजले धर्ना दिएको छ ।
नागरिक समाजले धर्ना दिदै सरकारद्वारा जारी नागरिकता विद्येययक खारेजको माग गर्दै धर्ना दिएका हुन् । धर्नामा सहभागि बक्ताहरुले कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विद्येययक जारी गरेकोले फिर्ता गर्नु पर्ने माग गरेका छन् ।
विद्येययक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी पनि नागरीक समाजले दिएको छ । कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको धर्नामा सहभागिहरुको आरोप छ ।
धर्नामा सहभागि पर्सा क्षेत्र न. १ का सांसद् प्रदीप यादवले मधेसविरोधी विद्येयक पारीत गरेर सरकारले मधेशी समुदामाथि अन्याय गरेको बताउँदै उक्त विद्येयक फिर्ता गर्न आफु र आफ्नो पार्टी कुनै पनि अवस्थामामा पछि नपर्ने दावि गर्नुभयो ।
धर्ना कार्यक्रममा संघिय सांसद् यादवसहित नेपाली कांग्रेसका प्रदेश सांसद राजेशवर प्रसाद साह, ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका पर्साका सभापति अजय द्विवेदी, जिल्ला सचिव श्याम पटेल, नेता अनिल रुङ्गटा, जनता समाजवादी पार्टीका नेता रामनरेश यादब, नेजामुदिन सम्मानी, ससिकपुर मियाँ, तबरेज अहमद, ओमप्रकाश सरार्फ, नागरिक समाजका प्राध्यापक डा. दिपक साक्य, सुधिर कर्ण, महिला आधिकार्कर्मी प्रा. डा. सुष्मा तिवारी द्विवेदीलगायतको उल्लेख्य सहभागिता रहेको जनता समाजवादी पार्टीका नेता तवरेज अहमदले जानकारी दिनुभयो ।