×

वीरगञ्ज १४ असार । नेपाल सरकारले ल्याउन लागेको नागरिकता विधयेककाे विरुद्ध वीरगञ्जको नागरिक समाज एकजुट भएको छ । नेकपा सरकारले विदेशी बुहारी र छोरीसँग विभेद गर्नेगरि ल्याएको नागरिकता विधयेक नेपाली जनताको भावना र मर्म विपरित आएको भन्दै वीरगञ्जको नागरिक समाजले विरोधका विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

आइतबार वीरगञ्ज पब्लिक कलेजको सभाहलमा नागरिक समाजका विभिन्न अगुवाहरुको भेलाले असार १५ गते दिउँसो १ बजे घण्टाघरमा जम्म भएर धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नागरिक अभियान पर्साको आयोजनामा विभिन्न राजनीतिक दलका नेता र पेशाकर्मीहरुले प्रस्तुत विधयेक फिर्ता लिएर राष्ट्रिय सहमतिको साथ अघि बढ्न सरकारलाई दवाव दिन आवश्यक रहेको धारणा राखेका थिए ।

छलफलमा नेपाली काङ्ग्रेस पर्सा सभापति अजय कुमार द्विबेदीकाे अध्यक्षतामा भएको छलफलमा काङ्ग्रेस जिल्ला सचिव श्याम पटेल, जनता समाजवादी पार्टीका नेता शशिकपुर मिया, निजामुद्दिन समानि, मेडिकल एसाेसिएसनका अध्यक्ष डा. अरुण कुमार सिंह, इन्जिनियर एसाेसिएसाका आत्मराम साह, कानुन व्यवसायी सुधीर कर्ण, पत्रकार महासँघ प्रदेश न. २ का अध्यक्ष दीपेन्द्र चाैहान, नेपाल प्रध्यापक सङ्घका कन्हैया झा, राेशन लामिछाने, फलफुल व्यवसायी सङ्घका बिदुर गुप्ता, लेखापढी व्यवसायी सङ्घका अध्यक्ष रामाधार कलवार, नेपाल शिक्षक सङ्घका अध्यक्ष प्रदीप कुमार जैसवाल, शिक्षक फाेरमका दिनेश चाैरसिया, कबाड व्यवसायी सङ्घका अध्यक्ष अनवर आलम, प्रध्यापक डा. दिपक शाक्य, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, सञ्चारकर्मी सन्जिव मिश्र, कानुन व्यवसायी प्रकाश उपाध्याय, सुनचाँदी व्यवसायी सङ्घका प्रवेश सर्राफलगायतले आफ्नो धारणा राखेका थिए ।

नेपाल सरकारले ल्याउन लागेको नागरिता विधयेक सबै समुदाय र संबिधानकाे मर्म र भावनाकाे विपरित भएकोले साेमबार १ बजे घण्टाघरमा उपस्थित भई धर्ना कार्यक्रम सफल पार्न सबै सङ्घ संस्था, नागरिक समाज, पेशा व्यवसायीहरुलाई उपस्थिति हुन अनुराेध समते गरिएको छ ।

Back to top