वीरगञ्ज १४ असार । पर्सा क्षेत्र नं. १ का सांसद् प्रदीप यादवले कोभिड – १९ को रोकथाम निरन्तर निदान र उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न ४६ लाख ४० हजार रकमको सहयोग गरेका छन् ।
कोरोनाभाइरस महामारीका कारण भएको लकडाउनले गर्दा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यकर्म अन्गर्गत अधुरो रहेका योजनाबाट छुटेको रकमबाट एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्ने सांसद् यादवले निर्णय गरेका हुन् ।
आइतबार जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठक सांसद् यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न योजनामा विनियोजन भएको कार्यक्रम मध्ये लकडाउनको कारण काम नभएको तीन वटा योजनाबाट बाँचेको ४६ लाख ४० हजार रुपैयाँको कोरोना रोकथाम तथा उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न निर्णय गरेको सांसद् यादवले जानकारी दिए ।
पर्सा क्षेत्र नं. १ को स्थानीय तह वीरगञ्ज महानगरपालिकालाई परिपत्र गरी सो रकम पठाएको सांसद् यादवले बताए । खरिद प्रकृया छिट्टै पुरा गरी शव वाहन, एम्बुलेन्स र भिटिएम खरिद गरेर जनताको सेवामा लाग्नु पर्ने सांसद् यादवले वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेका समेत छन् ।