×

वीरगञ्ज ८ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गर्ने तयारीस्वरुप स्पष्टिकरण सोध्ने भएको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले संविधान संशोधन गर्ने बेलामा पार्टी ह्वीप उल्लंघन गरेको ठहर गर्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।

गिरीलाई संविधान संशोधनबारेमा पार्टीको ह्वीप उल्लंघन गर्नाको स्पष्टिकरण सात दिनभित्र दिन निर्देशन दिइएको छ।

स्पष्टिकरण चित्त नबुझे समाजवादीले गिरीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्नेछ।

जेठ ३१ गते बसेको प्रतिनिधिसभाको बैठकले लिपुलेकसहितको नेपाली भूभाग समेटिएको अध्यावधिक नक्सा निशान छापमा राख्नको लागि संविधान संशोधन गर्ने क्रममा गिरीले पार्टी ह्वीपको बेवास्ता गर्दै मतदान नै नगरी संसद बैठक बहिस्कार गरेकी थिइन्।

Back to top