वीरगञ्ज – झण्डै तिन महिनाको बन्दाबन्दीमा शिक्षा, स्वास्थ्य, राजस्व, रोजगार लगायतका सबै क्षेत्र प्रभावित भएका छन् । यि क्षेत्रका साथै यस्ता क्षेत्रमा कार्यरत रहेका नागरीक पनि प्रभावित भएका छन् ।
यस सँगै दैनिक ज्यालादारी गर्ने गरीब, विपन्न परिवार पनि यसबाट प्रभावित भएका छन् । खासगरी सुत्केरी महिलाहरु पनि यस अवस्थामा पोषिलो खानेकुराको अभावमा आफ्ना सन्तानमा कुपोषण जस्ता समस्याहरु निम्तिन्छ की भन्ने चिन्तामा छन् । सोही अवस्थालाई मध्यनजर गर्दै ईम्प्रुभिङ्ग नेपालको आर्थिक सहयोगमा युवालयल नामक गैर सरकारी संस्थाले पौष्टिक आहारका साथै सरसफाईका सामाग्री वितरण गरेको छ ।
वीरगञ्जका ग्रामिण क्षेत्रमा यसअघि पनि राहत स्वरुप पोषिलो खानेकुरासहित सरसफाई सामाग्री वितरण गरेको युवालयले शनिवार वीरगञ्ज महानगरपालिका वडा न. १९ र वडा न. २९ का ३५ जना सुत्केरी महिलालाई वितरण गरिएको छ । वडा न. १९ बिन्दवासिनि र बर्बा सहित वडा न. २९ को बसडिल्वा र रतनपुरका गरी ३५ परिवारलाई वितरण गरिएको हो ।
वडा न. १९ का २० परिवार र वडा न. २९ का १६ परिवारलाई एक महिना सम्म पुग्ने गरी १ क्यारेट अण्डा, एक महिना सम्म पुग्ने गरी दुध खरिदका लागि नगद, साबुन लगायतका सामाग्री वितरण गरिएको युवालयका कार्यसमिति सदस्य जया साहले जानकारी दिनुभयो । पोषिलो खाद्य सामाग्री तथा सरसफाई सामाग्री वितरणमा नविन पटेल लगायत स्थानियले सहजिकरण गरेका थिए ।
साथै आगामी दिनमा पनि अन्य क्षेत्रका सुत्केरी महिलाहरुका लागि पोषिलो खानेकुरा सहित सरसफाई सामाग्री वितरण कार्यलाई निरन्तरता दिने बालअधिकारकमी समेत रहनुभएका साहले बताउनुभयो ।