वीरगञ्ज ७ असार । वैबाहिक अंगीकृत नागरिकता सम्बिधत नेकपा को निर्णय मधेश बिरोधी र मधेसी जनताको अस्मितामाथि आक्रमण हो भन्दै पर्सा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बिरोध जनाएका छन् ।
विवाह भएको ७ बर्ष पछि मात्र बैवाहिक अंगीकृत नागरिकता दिने नेकपाले गरेको निर्णयले मधेसको संस्कृतिमाथी नै प्रहार गरेको उनले समाजिक संजालमा टिप्पणी गरेका छन् ।
‘मधेशमा बसोबास गर्ने मधेसीहरूको भारतको बिहार, उत्तरप्रदेश, पश्चिम बंगाल लगायतको ठाउँमा एक अर्का विच बिहाबारीको संवध यो दुइटै देशको राजनीतिक नक्साभन्दा पहिलेदेखि कायम छ,’ सांसद यादवले भनेका छन्, ‘परम्परा दुवै देशका नागरिकको जीवनसँग जोडिएको छ । यस परंपरागत सांस्कृतिक संवधलाई तोड़नका निमित्त कसैको डिजाईनमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीले मधेस बिरोधी निर्णय गरेको छ ।’
वैबाहिक अंगीकृत नागरिकता सम्बिधत ऐन ल्याउने बिद्रोहका निम्ति जनतालाई उक्साउने प्रयास स्वरुप अघि सारिएकोले आफु र सबै सचेत बर्ग यसको बिरोधमा उत्रिएको प्रतिक्रिया दिए । ‘यस्तो जनविरोधी निर्णयको म घोर बिरोध गर्दछु ।
यदि यस्तै यो विधेयक पास गर्न खोजियो भने हामी संसद र सड़कमा यसको विरुद्धमा आवाज उठाउँछौं,’ उनले अगाडि प्रश्नहरु तेर्स्याउँदै लेखेका छन्, ‘यस्तो निर्णयले बिबाहको ७ बर्षपछि पार्ने प्रभाव हेर्नु पर्ने हुन्छ । विवाह भएको एक बर्षमा बच्चा जन्मिनछ, जन्मदर्ता कसरी गर्ने? त्यतिमात्र होइन विवाह भएर आएकी महिलाले लोकसेवा आयोगको जाँच दिनु पर्यो दिन पाउने की नपाउने? विदेशमा रहेको श्रीमानसँगै वस्न नेपाली राहदानी वनाउनु परे के हुन्छ? सात वर्ष अगावै श्रीमानको देहान्त भयो, के हुन्छ? उसले अंश पाउन र नाता प्रमाणित गरी नागरीकता लिन आदि सबै अधिकारबाट बंचित हुनु पर्छ कि पर्दैन?’
नेकपाको कदमलाई मानवअधिकार र लोकतन्त्र विरोधी कार्य भएको बताउँदै जनताले यो जनविरोधी निर्णयको विरोध गर्नुपर्ने भन्दै उनले सहयोग समेत मागेका छन् ।