×

वीरगञ्ज ६ असार । बिश्वभर फैलिएको कोरोना भाइरसको माहामारीलाई मध्य नजर गर्दै नेपाल विद्यार्थि संघ जिल्ला कार्यसमिती पर्साले आकस्मिक रक्तदान कर्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाइरसले विध्वंश मच्चाईरहेको अवस्थामा रक्तसञ्चार केन्द्रमा रगतको अभाव परिपुर्ति गर्नका लागि नेविसंघ पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

संघका कर्यबाहक अध्यक्ष बिकेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विबेदी, जिल्ला सचिव श्याम पटेल, अर्बिन्द गुप्ता, रोशन लामिछाने, बिरेन्द्र यादव, रामनारायण कुर्मी, सुधीर पटेल, विकेश पटेल, लगायतको उपस्थिती रहेको थियो ।

Back to top