×

वीरगञ्ज ६ असार । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्वर १ मा विसुनपुर्वामा बारीको साँधको विषयमा छिमेकी छिमेकीबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

कुटपिटबाट विसुनपुर्वाका ३६ वर्षीय अब्दुल मलख मियाँ गम्भीर घाइते भएका हुने । घाइते मियाँको अहिले वीरगंजमा रहेको एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय शेख कारी मिया र उनका छोरा सदरे आलमसहितका व्यक्तिले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरी गम्भीर घाइते बनाएको अब्दुल मलख मियाँले बताए ।

कुटपिटमा संलग्नलाई कारबाहि गर्न माग गर्दै घाइते पक्षले प्रहरीमा निवेदन दिएको छ । कुटपिटमा संलग्न व्यक्ति अझैसम्म पनि खुलेआम घुमिरहेको भन्दै पक्राउ गरेर कारबाही गर्न उनीहरुले माग गरेका हुन् ।

Back to top